टोकियो/जापान
नेपाली विद्यार्थी समाज जापान (NSAJ) का अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (NRNA) जापानका सल्लाहकार कृष्ण प्रसाद भुषालले “निरन्तर नेपालीको सुख दुःख को सारथी पदमा भन्दा कर्ममा विश्वास राख्ने पारखी युवाहरुको प्रतिनिधित्व गराउने छौ विशाल केन्द्रिय सदस्यमा कृष्ण प्रसाद भुसाल” भन्ने स्लोगन सहित NRNA जापानको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
जापानमा रहेर सामाजिक काममा सक्रिय हाल NRNA जापान अन्तर्गत शिक्षा तथा विद्यार्थी विभागमा सदस्यको रूपमा सक्रिय रहँदै आएका भुषालले जापानस्थित नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी र सम्पूर्ण समुदायको हकहितका लागि निरन्तर कार्य गर्दै आएका छन्।
रोटरी क्लबलगायत जापानी तथा नेपाली संघ–संस्थामा समेत प्रभावकारी भूमिका निभाउँदै आएका भुषालले उम्मेदवारी घोषणासँगै NRNA जापानलाई अझ समावेशी, उत्तरदायी र सेवा–मुखी बनाउन योगदान गर्ने प्रतिबद्धता जनाएका छन्।
भुषालले समाजसेवामा समर्पित भावनाका साथ समुदायको सुख–दुःखमा साथ दिँदै नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्। कृष्ण भुसालको उम्मेदवारीलाई नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ।
प्रतिक्रिया