शिक्षक नियुक्तिमा राजनीति:आफ्नाे मान्छे नपरेपछि एक महिनासम्म आएन दोस्रो पत्रको रिजल्ट

  सम्पादक |

सीताराम अधिकारी
गाउँपालिका अध्यक्ष र वडा अध्यक्षकाे आफ्नो नातेदार तथा पार्टी कार्यकर्ता फेल भएपछि गजुरी गाउँपालिकाकाे वडा नं.७ मा पर्ने श्री किराञ्चाेक कटुञ्जे माविकाे शिक्षकको दोस्रो पत्रको परिक्षा रिजल्टनै रोकिएको छ।

नेपाली र गणित/विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवस्यकता भएको विद्यालयले २०८० बैशाख १४ गते करारमा शिक्षक नियुक्ति गर्नका लागि सार्वजनिक सुचना जारि गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति अनुसार विद्यालयले सूचना जारी गरेर शिक्षक माग गर्दा गणित/विज्ञान विषयमा एक जनाको मात्र निवेदन परेको थियो भने नेपालीका लागि ७ जनाले १ हजार ५ सय शुल्क तिरेर बैशाख २८ गतेसम्म निवेदन दिएका थिय।

शिक्षक छनौट कार्यविधि अनुसार प्रथम पत्र र द्वितिय पत्रको परिक्षा हुन्छ भने त्यसपछि अन्तर्वार्तामा उतिर्ण भएकाहरुको हुने गर्छ।गजुरी -७ का वडा अध्यक्ष बद्री जम्कटेल नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालयमा एक महिनादेखि एकै दिनमा परिक्षाको अन्तिम नतिजा आउनुपर्नेमा रोकिएकोले राजनितिक गन्ध आएको परिक्षामा सहभागिहरुले बताएका छन्।

विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विज्ञ समेत राखेर तत्कालिन अवस्थामा प्रश्न निर्माण गरी परिक्षा लिइएको थियो । पहिलो पत्रको परिक्षामा नेपालीमा दुई जना र गणित/विज्ञानमा एक जना उतिर्ण भएको सूचना आएपछि दोश्रो पत्रको परिक्षा बैशाख ३१ गते नै लिइएको तर अहिलेसम्म पनि रिजल्ट रोकिएको परिक्षामा सहभागि अस्मिता ढुंगानाले बताउनु भएको छ । ढुंगानाले नेपाली विषयमा उतिर्ण भएर दोश्रो पत्रको परिक्षा दिनुभएको हो।

२० जनासम्मको पनि परिक्षा एकैदिन रिजल्ट समेत गर्ने र त्यस भन्दा बढी भए २ दिनमा सबैको परिक्षा लिएर अन्तिम नतिजा निकाल्ने गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलको नातेदार पहिलो पत्रको परिक्षामा फेल भएपछि एकमहिनासम्म रोकिएको परिक्षार्थीहरुको आरोप छ। गजुरी गाउँपालिका शिक्षा शाखाका अधिकृत भिमसेन विष्टले विद्यालय व्यवस्थापन समितिले शिक्षक पदपूर्ति समितिको काम अघि नबढाएका कारण एक महिना पुग्नलाग्दा समेत रिजल्ट नआएको र आफूले यस विषयमा केही निर्णयदिन नमिल्ने बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलले समस्या भएकाे धेरै समय भएकाेले छिट्टै समाधान गरिने बताउनुभयाे ।

शिक्षक छनौटका लागि विज्ञ बोलाएर व्यवस्थापन समितिका अध्यक्षकै रोहबरमा प्रश्न झिकेर परिक्षा लिइएकोमा परिक्षा रिजल्टनै महिना दिनसम्म रोकिएकोमा अभिभावकहरुले समेत आपत्ति जनाएका छन् ।विद्यालयका प्रधानाध्यापक दिपेन्द्र भण्डारीले विद्यालयमा शिक्षक नियुक्त गर्न नपाएपछि पढाइ समेत प्रभावित भइरहेको बताउनु भएको छ।

प्रतिक्रिया