टोकियो, जापान
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट दीपक सुवेदी (विप्लव) संयोजकमा चयन भएका छन्। तर सचिव पदमा सहमति नजुटेपछि निर्वाचनमार्फत टुंगो लगाइने भएको छ।
कार्यसमितिको उपसंयोजकमा केश बहादुर खत्री (सुरज), बासुदेव पन्थ, प्रमोद लोहनी र महिला उपसंयोजकमा सम्झना बुढाथोकी चयन भएका छन्। सह–सचिवमा उषा हमाल, कोषाध्यक्षमा महेन्द्र केसी, सह–कोषाध्यक्षमा अनुप गौतम र युवा संयोजकमा एक राज तामाङ चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा सबिन शाही, बालकृष्ण रिजाल, सरोज भूषाल, सुवास गौडेल, दिपक कुमार केसी, विशाल पज्ञाली, कमल कार्की, सूजन श्रेष्ठ, विकास पौडेल, पूर्ण बहादुर शाही र महिला सदस्यमा ज्योति ढकाल चयन भएका छन्।
मनोनित सदस्यमा नारायण कुमार धमला, हिमाल भण्डारी र शरण विक रहेका छन्। सचिव पदका लागि सोहन कुमार खत्री, किरण गौतम र बिपिन श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ।
संगठनका विभिन्न विभागमा पनि संयोजक तथा सदस्यको चयन गरिएको छ। लेखा समिति विभागको संयोजकमा दिलिप अधिकारी र सदस्यमा पुकार केसी छन्। सांस्कृतिक तथा साहित्य विभागको संयोजक निरज सुवेदी र सदस्य रामहरी जोती रहेका छन्। आपतकालीन तथा प्राकृतिक प्रकोप विभागको संयोजक सुदन राई र सदस्य राज सापकोटा छन्। विद्यार्थी विभागमा महेश तामाङ संयोजक र सागर शर्मा सदस्य रहेका छन् भने संघ–संस्था समन्वय विभागको संयोजक कर्ण बहादुर बस्नेत रहेका छन्।
एनआरएनए जापानको कान्तो क्षेत्रीय समिति जापानमा रहेका नेपालीहरूको हकहितका सवालमा सक्रिय रहँदै आएको छ।
प्रतिक्रिया