जापान/नागानो
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत नागानो क्षेत्रीय कार्यसमितिको ६औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
एनआरएनए जापानको निर्णयअनुसार अनुगमन संयोजकमा सिद्धार्थ श्रेष्ठ तथा सदस्यमा दिनेश लोहनीलाई खटाइएको उक्त अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ नेतृत्व यस्तो बन्यो:
संयोजक: जीवन क्षेत्री पौडेल
उपसंयोजक: निर्मल अर्याल
उपसंयोजक (महिला): अमृता रेग्मी
सचिव: उज्वल पहरी
सह–सचिव: प्रमोद खत्री
कोषाध्यक्ष: बालकृष्ण सुवेदी
युवा संयोजक: नविन रेग्मी
सदस्यहरू:
राम कटिया, कृष्ण डल्लाकोटी, कृपा लामा, मिना पुन, राजन पन्थि, टारजन कायत, सञ्जिव श्रेष्ठ, युकेश मगर
नयाँ नेतृत्व चयनसँगै नागानो क्षेत्रमा रहेका नेपालीहरूबीच एकता, सहयोग र समृद्ध समुदाय निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया