राजनीति मेरो दोस्रो जन्म थियो, म पार्टी सदस्यको रूपमा फर्किएको छु: विद्यादेवी भण्डारी

  तपाईंको न्यूज |

१४ असार २०८२, शनिबार १२:५७

असार १४, २०८२ | काठमाडौँ
पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा आफू पुनः पार्टी सदस्यको रूपमा सक्रिय राजनीतिमा फर्किएको स्पष्ट घोषणा गरेकी छन्।

सम्बोधनको क्रममा उनले भनिन्:
“जनताको माया र पार्टीको भरोसाले गर्दा पहिलो पटक म सांसद बनेँ। त्यसबेला नै मैले अनुभव गरेँ कि राजनीति मेरो दोस्रो जन्म हो। अहिले म नेकपा (एमाले) परिवारको सदस्यको रूपमा पुनः जोडिएकी छु र यसमा गर्व गर्दछु।”

पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई नेपाली माटोमा जन्मिएको मौलिक सिद्धान्त भन्दै समाजवादसम्म पुग्ने मार्गको मार्गदर्शक विचारको रूपमा आज पनि सान्दर्भिक रहेको बताइन्।

उनले पार्टी, जनताको माया, राजनीतिमा प्रवेशको यात्रा, राष्ट्रपतिका रूपमा आफ्नो भूमिका र आजको प्रतिबद्धता विस्तृत रूपमा प्रस्तुत गरिन्। उनले भनिन्—

देश र जनताको हित नै मेरो लक्ष्य हो। अबको यात्रामा जबजलाई व्यवहारमा उतार्न, सुशासन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने मेरो प्रतिबद्धता छ।

समापनमा उनले भनिन्:
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नै नेपाललाई समुन्नत राष्ट्र बनाउने जिम्मा पूरा गर्न एमाले सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु।

प्रतिक्रिया