टाेकियो/जापान
जापानबाट एसईई (SEE) परीक्षा २०८१ मा सहभागी भएका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। टोकियोस्थित एभरेष्ट इन्टनेशनल स्कुलबाट सहभागी २९ विद्यार्थीमध्ये ६ जनाले जिपिए ४.०० (Outstanding) ल्याएका छन् भने बाँकी विद्यार्थीहरूको नतिजा पनि सराहनीय रहेको छ।
विद्यालय स्रोतका अनुसार बाँकी सबै विद्यार्थीहरूले ३.८० भन्दा माथि GPA प्राप्त गरेका छन्, जसले विद्यालयको शिक्षण पद्धति र विद्यार्थीको मेहनत झल्काउँछ।
परीक्षामा सहभागीमध्ये ११ जना छात्र र १८ जना छात्रा रहेका थिए। उनीहरूको सामूहिक सफलताले विदेशमा बसेर पनि नेपाली विद्यार्थीले राष्ट्रिय स्तरको परीक्षा उत्कृष्ट ढंगले पास गर्न सक्ने क्षमताको उदाहरण प्रस्तुत गरेको छ।
विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई बधाई दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।
प्रतिक्रिया