समाज बदल्न आफैं बदलिनु पर्छ : एमाले उपाध्यक्ष ज्ञावाली

  सम्पादक |

सीताराम अधिकारी/धादिङ                                            नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञावालीले आफू न बदलिकन समाज बदल्न नसकिने भएकाेले आफुलाई बदलिनका लागि कार्यकर्ताहरुलाई आग्रह गर्नु भएकाे छ ।
नेकपा एमालेले धादिङबेसीमा आयाेजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले उपाध्यक्ष ज्ञावालीले कम्युनिस्ट पार्टीको मुख्य काम भनेकाे समाज सकारात्करुपमा बदल्ने काम रहेकाे बताउनुभयाे ।
रहन सहन, बानी व्यवहार, खानपिन र जिवनशैली जनतासंग मिल्ने गरि समाजकाे प्रगतिका लागि आफुलाई परिवर्तन गर्नका लागि उपाध्यक्ष ज्ञावालीले आग्रह गर्नुभयाे ।
कहिल्यै आमसभामा नजानेहरुलाई समाज परिवर्तन आवस्यक भएकाेले उनिहरुलाई परिवर्तनका पक्षमा ल्याउन आवस्यक देखिएकाे ज्ञावालीकाे भनाई छ ।
कार्यक्रमलाई सम्बाेध गर्दै नेकपा एमाले लेखा आयाेग अध्यक्ष डा. पुष्प कँडेलले नेकपा एमालेका सबै तहकाे आर्थिक गतिविधि पारदर्शी हुने बताउनुभयाे ।
नेकपा एमाले बागमति ईन्चार्ज काशीनाथ अधिकारी, नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लाेहनीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियाे ।
नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा ३ सय कार्यकर्ता सहभागी थिए ।
कार्यक्रममा नेकपा समाजवादी जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटि सदस्य कुमार तामाङ र राष्ट्रिय युवासंघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ, नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ।

प्रतिक्रिया