टानको इतिहासमा हालसम्मको कान्छो महासचिव सापकोटा

  तपाईंको न्यूज |

१ भाद्र २०७९, बुधबार ११:५८

धादिङ:पर्वतिय पर्यटन व्यावसायिको छाता संगठन टानको सम्पन्न ४४ औ साधारणसभा तथा अधिबेशनबाट अध्यक्ष निलहरी बास्तोला सहित महासचिव बिनोद सापकोटाको प्यानल नै विजयी भएका छन् ।

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं.१२ साङ्कोषका सबै भन्दा कलिलो उमेरमा नै महासचिव बन्न सफल भएका छन्।१७ बर्षको उमेर देखि सापकोटा पर्यटन पेशामा आबद्द हुदै आएका थिय।भरिया बाट सुरु गरेको सापकोटाले गाईड हुदै अहिले बिगत १६ बर्ष देखि नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडसन का सञ्चालक बनेका छन्।

सबै सङ्ग हातेमालो गर्दै अगाडि बढेका सापकोटा ठमेलका सबैका प्रीय पात्र बनेका छन्।पर्यटन व्यावसायिका साथ साथै जुझारु युवा सापकोटा ‘लभ डायरी’का निर्माताको रूपमा समेत परिचित छन् ।

प्रतिक्रिया