राष्ट्रिय युवा संघ नेपालको उत्कृष्ट काम आज गोंगबु सफा भोली मीनभवन

  सम्पादक |

काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँस्थित गोंगबु चोक क्षेत्रको फोहर संकलन गरेको छ ।

युथ फोर्स विभागको व्यवस्थापनको संघले आयोजना गरेको उक्त अभियान अन्तर्गत चौँथो दिन ४ टिपर फोहर संकलन भएको हो ।

पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सम्बन्धित निकायलाई नैतिक दबाब दिन काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन गरिरहेको छ।

काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन अर्थात् सोमबार नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको थियो ।

त्यस्तै अभियानको दोस्रो दिन अर्थात् मंगलबार कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो ।

अभियान अन्तर्गत तेस्रो दिन चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरिएको थियो ।

सडकमा थुप्रिएको फोहोरले दुर्गन्ध बढ्नुका साथै विभिन्न रोगको खतरा बढेकाले राज्यलाई दबाब दिन फोहर संकलन अभियान सुरु गरिएको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

फोहर संकलन अभियान उपत्यकाका विभिन्न क्षेत्रमा निरन्तर संचालन गरिने र फोहर विसर्जन गर्ने स्थलसम्म पुराइने अध्यक्ष पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले भने,‘अभियानको पाँचौँ दिन पनि राजधानीमै फोहर संकलन गछौँ ।

प्रतिक्रिया