एमाले धादिङको चुनावी अभियान सुरु

  सम्पादक |

सीताराम अधिकारी
धादिङ, २४ असोज
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा आफ्नो जित हासिल गर्नका लागि एमालेले चुनावी अभियान सुरु गरेको छ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को अगुवा कार्याकर्ता भेला र चियापान आयोजना गरि एमालेले अभियान सुरु गरेको छ।
नेकपा एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घलेको अध्यक्षतामा सम्पन्न भेलाको नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय सम्सदका उम्मेदवार खेम लोहनीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले देश बचाउने कि हराउने भन्ने कुरा मंसिर ४ को निर्वाचनले निर्धारण गर्ने बताउनुभयो ।
एमालेले जितेमा राष्ट्रियता बच्ने र हारेमा देशले नै हार्ने अवस्था गठबन्धनका कारण भएको उहाँको भनाइ छ।
आगामी निर्वाचनमा एमालेले जित हासिल गर्नका लागि कात्तिक २ गतेभित्र सबै पालिकामा कार्यकर्ताभेला गर्ने, निर्वाचन केन्द्रीत युवा, महिला लगायतको परिचालन कमिटि बनाएर शशक्त ढंगलेअघि बढ्ने निर्णय गरेको नेकपा एमाले जिल्ला उपसचिव राधिका सापकोटाले बताउनुभयो ।
प्रदेश सभा सदस्य धादिङ २ ख का एमाले उम्मेदवार रहनुभएका घलेले स्थानीय निर्वाचनबाट पाठ सिकेर निर्वाचन जित्नका लागि लाग्नकार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया