धादिङको क्षेत्र नम्बर १ प्रनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ।
प्रनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेललाई संयोजकको जिम्मेवारी दिइएको छ। निर्वाचन परिचालन समितिको सहसंयोजकमा ध्रुबशर्मा रुपाखेती र सचिव नरेश खतिवडालाई जिम्मेवारी दिइएको छ । क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समिति १० हजार ५१ जनाको रहेको छ।
यसै गरी प्रदेशसभा १ को (१)मा संयोजक इन्द्रकुमार तामाङ,सह-संयोजक कुमार वैरागी,सचिव शिव भण्डारी रहने गरी ५ हजार २६ जना र प्रदेश सभा १ को (२)मा संयोजक लक्ष्मण शर्मा,सह-संयोजक देव प्रसाद त्रिपाठी,सचिव राजेन्द्र बिक्रम बस्नेत रहने गरी ५हजार २५ जना रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ।
त्यसैगरी प्रचार बिभाग संयोजक सराेज पौडेल र सह- संयोजक भुवन भण्डारी चयन गरिएको छ।क्षेत्र नम्बर १ मा नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भुमि त्रिपाठि,प्रदेश सभा (क)मा रमेश कुमार आचार्य,प्रदेश सभा(ख)मा गजेन्द्र थपलिया उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया