पार्टी सदस्यहरुलाई उम्मेदवार छान्न दिने खालको निति बनाउने:एमाले सचिव भट्टराई

  सम्पादक |

अब नेकपा एमालेले पार्टी सदस्यबाट उम्मेदवार छान्ने दिन आउन लागेको नेकपा एमाले सचिव योगेश भट्टराइले बताउनु भयो।नेकपा एमाले जिल्ला कमिटी धादिङले मदन आश्रीतको ३० औँ स्मृति दिवसको अबसरमा बुधबार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रमको अबसरमा यस्तो बताउनु भएको हो । माधव नेपालले पार्टी फुटायर अपराध गरे पनि अब एमाले झन् बलियो हुदै जाने बताउदै एमालेले आफूलाई समयानुकुल परिमार्जन गर्दै लगेको र अहिले संबिधानको रक्षा गर्नुपर्ने अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

उम्मेदवार छनौट प्रक्रियामा भएको समस्याले पनि धेरै ठाउँमा चुनावमा पराजित हुनु परेको जिकिर गर्दै अब पार्टी सदस्यहरुलाई उम्मेदवार छान्न दिने खालको लोकतन्त्र जनताको बहुदलिय जनबाद अन्तरगत अभ्यास गर्न दिने व्यवस्था एमालेले निति बनाउने अवस्थामा पुगेको बताउँदै एमाले सचिव भट्टराइले आफूले उम्मेदवार छानेपछि कार्यकर्ताले जिताउन नसके सिस्नुपानी लगाउने खालको निति बनाइने उहाँले बताउनुभयो ।

मदन भण्डारीको योगदान, क्षमता र पार्टीको सिद्धान्त बारे बोल्दै भट्टराइले इतिहासको अन्त्य नहुने भएकोले मदन आश्रितको मृत्यु बारे खुल्ने बताउनुभयो । मदन भण्डारी आफँले इतिहास बनाएको उहाँको भनाइ छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेले मात्र आरोप लागेका सचिव टाेप बहादुर रायमाझीलाई निलम्बन गरेको उल्लेख गर्दै यस प्रकरणमा जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन एमालेले सघाउने र कार्बाहि गराउन लागि पर्ने बताउनुभयो ।

मदन भण्डारीको मागदर्शनका कारण एमालेले नेपालको माटो र जनता सुहाउँदो किसिमले सत्ताको उपयोग गर्दै यो परिवर्तन सम्भव भएको दावी गर्दै प्रदेश सरकार खारेज गर्ने भनेर एमालेले यो सन्दर्भमा नभन्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं धादिङ कम्यूनिष्ट आन्दोलनका संस्थापक जगन्नाथ नेपाल, एमाले जिल्ला उपाध्यक्ष धनबहादुर घले, मदनभण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष उमेश थापाले जनताको बहुदलिय जनबादका बारेमा बताउनु भएको थियो। कार्यक्रममा एमाले कार्यकर्ताहरुले अन्तरक्रियाको क्रममा नेताहरुमा पनि केही समस्या रहेकोले सच्चिन आग्रह गर्दै बृहत् पार्टी बनाउन लागि पर्नुको विकल्प नरहेको बताएका छन्।

प्रतिक्रिया