धादिङको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा भ्रष्टाचार बिरुद्ध शान्तिपूर्ण र्यालि सम्पन्न भएको छ।बिहीबार देशभक्त गजुरी बासिहरुको आयोजनामा भ्रष्टाचार बिरुद्धको अभियानमा ऐक्यबद्धता भन्दै उक्त कार्यक्रम गरिएको हाे।”हामी भन्छौ बारम्बार भ्रष्टाचारलाई कारागार”,”बन्द गर भ्रष्टाचार अब सहदैनौ अत्याचार”,”ए हजुर देश त कङ्गाल भईसक्याे त,तपाईं हामी कहिले जागरुक हुने” खालको भ्रष्टाचार बिरुद्धको प्लेकार्ड र नेपालको झण्डा हातमा लिएर गजुरी आदर्श चाेकबाट कालिका छापाखाना पुगेर गजुरी गाउँपालिका कार्यालय बाट प्रभु बैक अगाडि शान्तिपूर्ण बिराेध कार्यक्रम सम्पन्न गरिएको थियोे।
प्रतिक्रिया