धादिङको गजुरी गाउँपालिकामा कार्यरत लेखा अधिकृत अमृत प्रसाद पौडेलले चेपाङ किशोरीहरुलाई स्कुल ब्याग वितरण गर्नुभएको छ ।पौडेलले आईतबार गजुरी गाउँपालिका १,हागेटारमा संचालित चेपाङ किशोरी छात्रवासका २६ जना किशोरीहरुलाई स्कुल ब्याग वितरण गर्नु भएको हो।
स्वर्गीय दाजु तिलकान्त शर्मा, बुवा बोलानाथ उपाध्यय र आमा नया कुमारी उपाध्ययको सम्झनामा किशोरीहरुलाई स्कुल ब्याग वितरण गरिएको पौडेलले बताउनुभयो ।
सीमान्तकृत चेपाङ समुदायका किशोरीका लागि गजुरी स्थित होगटारमा सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको छ ।
प्रयास नेपाल, गजुरी गाउँपालिका, जिल्ला सम्वन्य समिति लगायतका संघ संस्थाको प्रयासमा आर्थिक अवस्था कमजोर भएका, आमाबुवा नभएका किशोरीको पठनपाठन सहज हुने अपेक्षा सहित छात्राबास निर्माण गरिएको हो ।छात्राबासमा किशोरीका लागि ६ वटा कोठा, भान्सा कोठा, पढ्नको लागि हल लगायतका सुविधा उपलब्ध छन् ।
प्रतिक्रिया