टोकियो/जापान
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि निवर्तमान सचिव श्याम शितल (श्याम कुमार श्रेष्ठ) ले पुन: महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विगत एक दशकदेखि एनआरएनए गतिविधिमा सक्रिय रहेका शितल सन् २०१७–२०१९ मा नागोया क्षेत्रीय समिति सचिव, २०१९–२०२१ मा संयोजक र २०२१–२०२३ को कार्यकालमा एनआरएनए जापानको केन्द्रीय सचिवको रूपमा क्रियाशील रहे। उनले अघिल्लो निर्वाचनमा पनि महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए भने यसपटक पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, “बिगत लामो समयको जापान बसाइको क्रममा आफ्नो व्यक्तिगत कामबाट समय छुट्याएर समाज र सामाजिक सेवामा योगदान दिँदै आएको छु। अघिल्लो निर्वाचनमा महासचिव पदमा उपविजेता बनेको अनुभवले मलाई सेवा भाव अझ गहिरो बनायो। अहिले म त्यही अधुरो जनसमर्थनलाई पूर्ण विश्वासमा बदल्न पुनः तपाईंहरूको मनमा आउन चाहन्छु।”
उनले थप भनेका छन्, “हिजो फेल भएको कक्षामा अन्तिम पटक परीक्षा दिने मेरो यो प्रयासलाई सफल बनाउन तपाईंहरूको साथ, समर्थन र सल्लाहको अपेक्षा राखेको छु।”
एनआरएनए जापानको १२औँ अधिवेशन यही जुलाई २० तारिखमा, र निर्वाचन २७ तारिखमा हुने तय भएको छ।
प्रतिक्रिया