२०७८भाद्र २५
तत्कालीन सरकारले ३३ प्रतिशतले वृद्धि गरे पश्चात् नयाँ भत्ता दर सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि बढाएको सामाजिक सुरक्षाभत्ता कार्यान्वयन गर्ने निर्णय लिएको थियो मन्त्रिपरिषदले निर्णय गरेको करिब एक साता पुग्न लाग्दा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले ३३ प्रतिशतले वृद्धि भए पछि नयाँ सामाजिक सुरक्षाभत्ता दर सार्वजनिक गरेको हो। अर्थमन्त्रीले नौ प्रकारका सामाजिक सुरक्षा भत्ता दर ३३ प्रतिशतले वृद्धि गर्ने भनिए पनि बृद्ध भत्ता भने बजेट वक्तव्यमार्फत ४ हजार पुर्याउने घोषणा गरेका थिए ।त्यसैअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता दर सम्बन्धमा स्थानीय तहलाई परिपत्र गरेको छ।
प्रतिक्रिया