धादिङको गंगाजमुनामा कांग्रेस,एमाले र राप्रपा परित्याग गरि ठुलो संख्यामा माओवादीमा प्रवेश

  सम्पादक |

धादिङ/गंगाजमुना
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ३ मा २ सय ७० जना विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरी माओवादी केन्द्रमा समाहित भएका नवप्रवेशीहरुलाई नेकपा(माओवादी केन्द्र) धादिङका इन्चार्ज एवं पूर्व मन्त्री सालिकराम जम्कट्टेलले स्वागत गर्नुभएको गुम्दीबाट रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।

नेकपा(माओवादी केन्द्र) गंगाजमुना गाउँपालिका वडा नं. ३ पार्टी कमिटीको दोस्रो विस्तारित भेलाको अवसरमा पार्टी प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र धादिङका इन्चार्ज एवं केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवं वागमती प्रदेशका सांसद जगत सिंखडा, नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो । नेपाली कांग्रेसबाट मन बहादुर तामाङको नेतृत्वमा, नेकपा एमालेबाट तेज बहादुर गुरुङको नेतृत्वमा र राप्रपाबाट काले तामाङको नेतृत्वमा नेकपा( माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया