क्रान्तिनायक गोञ्जालोको जेलभित्रै निधन

  सम्पादक |

काठमाडौं
पेरुको तात्कालिन शासक फुजीमोरीले सन् १९९२ मा गिरफ्तार गरेर २९ वर्षसम्म बन्दी बनाइएका गोञ्जालोको जेलमै मृत्यु भएको छ। पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का नेता गोञ्जालोको शनिबार साँझ पेरुको जेलमा ८६ वर्षको उमेरमा निधन भएको हो।सन् १९८० बाट पेरुमा सुरु भएको जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुग्दा गोञ्जालो गिरफ्तार परेका थिए। सन् १९९२ मा उनलाई लिमा शहरको एउटा घरबाट गिरफ्तार गरिएको थियो। त्यसपछि पेरुको अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो।

प्रतिक्रिया