माओबादी निकट अखिल (क्रान्तिकारी) प्युठान जिल्ला अध्यक्षमा प्रेम बिश्वकर्मा चयन

  सम्पादक |

प्युठान
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षमा प्रेम बिश्वकर्मा चयन भएका छन । आईतबार जुम्रीमा भएको २० औं जिल्ला सम्मेलन मार्फत बिश्वकर्मालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।

अखिल क्रान्तिकारीको उपाध्यक्षहरुमा सुन्दर के.सी. सुजता थापा, सञ्जय श्रेष्ठ , सुशीला घर्ती, सचिवमा आनन्द जि.सी. सहसचिवहरुमा गिर जाेन(बि.क.), सुरज खनाल,कोषाध्यक्ष अनुज पछाई चयन भएका छन् । बिश्वकर्माको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।जिल्ला अध्यक्ष पुष्कर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीको प्रमुख आतिथ्यता रहेको प्युठानबाट अध्यक्ष प्रेम बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया