धादिङ,०७ असोज
केपि शर्माओली प्रधानमन्त्री हुँदा सुरु गर्न योजना बनाएका धादिङका १४ सडक आयोजना खारेजी हुने भएका छन्।वर्तमान देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विद्येयकमार्फत् उक्त सडक योजना खारेजीमा परेका हुन्।अध्यादेश प्रतिस्थापन विद्येयक संसदबाट पारित भएसँगै निर्माण गर्ने तयारी भएका धादिङ जिल्लाका १४ वटा सडक योजनाहरु खारेजीमा परेका हुन। बर्तमान परमादेश सरकारले यो सडक बनाउन छुट्याइएको बजेट पनि कटौती गरिदिएपछि पुनः सडक निर्माण पुरा गर्नेकाम अलपत्र पर्ने भएको छ। धादिङ जिल्लाका १४ वटा सडक अन्तरजिल्ला जोड्ने र दुइओटा सडक चिनसँग सिमाना जोडिने किसिमका रहेका छन्।
यी हुन् धादिङको खारेजीमा परेका सडकहरु :
खिलबुजा भन्ज्याङपोखरी, महेशफाँट फोहोरमैला विर्षजन क्षेत्रको सडक
धादिङबेसी साङकोष तिप्लिङ सडक
फोस्रेटार परेवाटार बेनिदोभान सडक
आरुघाट सल्यानटार आगिन्चोक बेलुङभन्ज्याङ फूलखर्क, गुम्दी, चिमचोकरि लापा सडक
खानीखोला तोपलाङ थाहा जोड्ने सडक
पिपलमोड महेशफाँट, रमाइलोचौर कोल्पु सडक
महादेबबेसी निगाले आगरा सडक, हुलाकभन्ज्याङ चैनपुर बुङकोटघाट सडक
शान्तिबजार, गोगने ताजी गंगाभन्ज्याङ, सिङलाहुँदै रुबीभ्याली सडक
धादिङबेसी साङकोष रुबीभ्याली स्याप्रुबेसी सडक
राकसिङ, हर्कपुर देउराली मेगङ किमताङ सत्यदेबी धादिङ सडक
खनियाबास ४ फर्सोमाटो राउते चौतारा पाताल भिर सडक
ससाह लुम्बाकटेरे धादिङबेसी सहायक मार्ग
ग्रहममायणी देबि मन्दीरको बाटो तथा रेलिङ निर्माण
आदमखोला आमडाडाँडा पोखरी गाउँ कल्लेरी सडक
धार्केश्वारा जीवनपुर, दमाहाढुंगा बन्चरेडाडा धुनीबेसी सडक
प्रतिक्रिया