४ GPA ल्याउने गजुरी पिण्डा माविका ईश्वरलाई गाउँपालिकाबाट १ लाख ३३हजार नगदसहित सम्मान

  तपाईंको न्यूज |

१९ असार २०८२, बिहीबार १५:१४

गजुरी/धादिङ
गजुरी गाउँपालिका–५ स्थित गजुरी पिण्डा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई गजुरी गाउँपालिकाले १ लाख ३३ हजार नगद सहित सम्मान गरेको छ।माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ४.० GPA हासिल गर्दै पालिकाको शान बढाएको भन्दै उत्कृष्ट शैक्षिक उपलब्धिको सम्मानस्वरूप गजुरी गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी १ लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित सम्मान गरेको गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारीले बताए ।

ईश्वरको यस सफलताले गाउँ मात्र नभई गजुरी गाउँपालिकालाई गौरवान्वित बनाएको अध्यक्ष गणेश लाल श्रेष्ठले बताए। ईश्वर सङ्गै गजुरी-१ कि हाल काठमाडौं बसाेबास गर्दै अध्ययन गरिरहेकि ४ जिपिय ल्याउने सविना प्रजा (चेपाङ) लाई समेत नगद सहित सम्मान गरिएको हो।उनी चेपाङ समुदायबाट ४ GPA ल्याउने पहिलो व्यक्ति हुन्। उनलाई गाउँपालिकाबाट १० हजार र वडा नं. १ बाट थप १० हजार गरी २० हजार रुपैयाँको नगदसहित सम्मान गरिएको छ। सविना चेपाङ समुदायबाट ४ GPA ल्याउने पहिलो विद्यार्थी हुन्।अध्यक्ष श्रेष्ठले ईश्वर र सविनालाई दायाँबायाँ राखेर फोटो खिचाउँदै सामाजिक सञ्जालमार्फत शुभकामना पनि व्यक्त गरेका छन्।

उनिहरु सङ्गै पालिका प्रथम भएको आदर्श माविका उत्कृष्ट नतिजा ल्याउने रितिमा पण्डित, अहिला कुमारी र नसिम उप्रेतीलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको छ।

अध्यक्ष श्रेष्ठले आफ्नो फेसबुकमा लेखेका छन्,

> “गजुरी गाउँपालिकाका होनहार विद्यार्थी ईश्वर भण्डारी र सविना प्रजाले SEE परीक्षामा ४.० GPA हासिल गरी सम्पूर्ण गजुरीबासीको शिर गर्वले उचो बनाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको लगनशीलता, मेहनत र समर्पणले शिक्षा क्षेत्रमै मात्र होइन, सम्पूर्ण गजुरी गाउँपालिकालाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक सफलता हासिल गर्दै देश र समाजको हितमा योगदान पुर्‍याउनुहोस् भन्ने कामना गर्दछु।”

प्रतिक्रिया