एलिना चौहानको जाहेरीपछि कवि गुन्जन राई पक्राउ, स्त्रीद्वेशी टिप्पणी गरेको आरोप

  तपाईंको न्यूज |

१९ असार २०८२, बिहीबार ०९:४७

गायिका एलिना चौहानले दिएको जाहेरीका आधारमा कवि गुन्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले फेसबुकमार्फत एलिना चौहान र समीक्षा अधिकारीलाई लक्षित गर्दै गरेको स्त्रीद्वेशी र अभद्र टिप्पणीका कारण उनीविरुद्ध साइबर अपराध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो।

उनै कवि गुन्जन राई केही साताअघि मात्रै नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ मा स्थानमा पर्न सफल भएका थिए।

प्रतिक्रिया