गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिका वडा नं.५ साविक पिण्डा गाविस वडा नं.५ मा पर्ने पिण्डेश्वरि मन्दिर संरक्षण तथा सम्वद्दन समिति अध्यक्षमा शंकर थापा चयन भएका छन्।समितिको सचिव उपेन्द्र खतिवडा,कोषाध्यक्ष सावित्रा श्रेष्ठ र सदस्यहरुमा-कुमार भण्डारी,रेशम थापा,ईन्द्र कुमारी तिमल्सिना,बिमला लामिछाने,मञ्जु भण्डारी,नारायण कोईराला,ज्ञानलाल श्रेष्ठ,लिला पण्डित रहने गरि ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।भने जित बहादुर भण्डारीको संयोजकत्वमा सदस्यहरु- राजेन्द्र भण्डारी,विष्णु भण्डारी,प्रमोदराज रुपाखेति,सन्ताेष भण्डारी,गाेविन्द लामिछाने,हरि प्रसाद सुबेदि,बिनोद रुपाखेति,असोक घिमिरे सदस्य रहने गरि नौ सदस्यीय सल्लाहकार समिति शनिबार गठन गरेको छ।दिनेश भण्डारीको अध्यक्षतामा रहेको समितिलाई बिघठन गर्दै भेलाले नयाँ समिति निमार्ण गरेको हो।दिनेश भण्डारी दुई बर्ष पिण्डेश्वरि मन्दिर व्यवस्थापन समितिको अध्यक्ष रहेर मन्दिर संरक्षण प्रर्वदन र व्यवस्थापनको क्षेत्रमा काम गरेका थिय।समितिको कार्यकाल दुई बर्ष रहेको थियोे।पिण्डेश्वरि मन्दिर संरक्षण र संम्वर्दनमा स्थानीय पनि जुटेका छन् ।नव अध्यक्ष थापाले बलिघर निमार्ण,भण्डारी समाज द्वारा देवि कुमारको मुर्ति सहयोग गरेको भण्डारी समाजका संस्थापक अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो।बसाहा(साढे)को मुर्ति सहयोग भएको पनि निवर्तमान अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयाे।आज शनिबार पनि कुमार भण्डारी द्वारा पन्ध्र हजार,रामशरण लामिछाने द्वारा पाच हजार र बाबुकाजी थापाद्वारा पनि पाच हजार नगद सहयोग भएको समितिले जानकारी दिएको छ।तत्काल गुरु योजना निमार्ण गरि पिण्डेश्वरि मन्दिरलाई जिल्लाकै धार्मिक तिर्थस्थल बनाउने अध्यक्ष संकर थापाले जानकारी दिएका छन्।
प्रतिक्रिया