धादिङ/तपाईंको न्यूज संवाददाता
मिस नेपाल २०२० का विजेता नम्रता श्रेष्ठद्धारा आफुले बनाएको झोलुङगे पुल आज उद्घाटन गर्नुभएको छ ।
‘मिस वर्ल्ड’ का आयोजकले बनाएको नियम अनुसार प्रतियोगीहरुले आफ्नो देशमा कुनै एक समाजिक कार्य गर्नु पर्ने हुदाँ श्रेष्ठले नीलकण्ठ नगरपालिकाको साङ्कोस र बसाह जोडने झोलुङगे पुल निर्माण गरेको हो ।
आज उक्त पुलको उद्घाटन गर्न आज श्रेष्ठसहित पुल निर्माणका सहयोगी दाताहरु धादिङ आउनुभएको हो ।
करिव ५० लाखभन्दा बढीको लगानीमा निर्माण गरिएको उक्त पुल निर्माणमा द हिडेन ट्रेचर, एक्सन नेपाल, आइ.एम.ए फाउन्डेशन, नगरपालिका लगायत स्थानीय जनताहरुकोे सहयोग रहेको जनाएको छ ।
निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगनाको अध्यक्षतामा आज पुल उद्घाटन गरिएको थियो ।
उद्घाटन समारोहमा ढुङगनाले पुल सम्पन्न गर्नु मात्र ठुलो कुरा होइन त्यसको संरक्षण र पुस्तौ पुस्तासम्म टिकाउनु ठुलो कुरा रहेको बताउनुभयो ।त्यस्तै उपभोक्ता समितिका पदाधिकारीहरुलाई पनि निर्माण मात्र होइन त्यसको संरक्षणमा गर्न पनि आग्रह गर्नुभयो । नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्ड मा जान लागेकाले ढुङगनाले श्रेष्ठलाई आग्रिम शुभकामाना समेत दिनुभएको छ ।आज आफुले बनाएको पुल उद्घाटन गर्न पाँउदा खुसी लागेको व्यक्त गर्नुभयो ।कार्यक्रममा श्रेष्ठले बनाउन पैसा मात्र होइन पुल निर्माणमा एक–एकको पसिना उत्तिकै लागेको बताउनुभयो ।पुल मैले बनाएको होइन हामीले बनाएको हो र मेरो लागि बनाएको होइन हामी सबैको लागि बनाएको कुरा श्रेष्ठले कार्यक्रममा बताउनुभयो ।अब उक्त संरक्षण गर्न नगरपालिका, वडा तथा सम्पुर्ण स्थानीयबासीहरुलाई समेत आग्रह गर्नुभयो ।कार्यक्रममा श्रेष्ठले महिनाको दुईपटक पुल सरसफाईको लागि एकजना कायकर्ता राख्ने घोषणा समेत गर्नुभयो ।त्यस्तै पुल उद्घाटन गर्दै पुलका वरिपरि रुखहरु समेत रोपिएको छ ।
त्यस्तै सानो बेलादेखि नै मिस नेपालतिर झुकाव राखेकी नम्रता श्रेष्ठ मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीहरुलाई उछिन्दै श्रेष्ठले मिस नेपाल २०२० को ताज पहिरिएकी हुन् ।यसपछि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ढोका खुलेको नम्रताले सन् २०२०–२१ ‘मिस वर्ल्ड’ मा भाग लिने अवसर पाएकी हुन् ।यस प्रतियोगितामा १३० देशका सुन्दरीहरुले भाग लिनेछन्।श्रेष्ठ मिस वल्र्डमा भाग लिन यहि १८ तारिकमा अमेरिका प्रस्थान गर्ने भएको छ ।
प्रतिक्रिया