रोटरी क्लब अफ धादिङ र पिण्डेश्वरी युवा क्लब द्वारा गजुरी पिण्डा मा.बि.मा छात्रवृत्ति वितरण

  सम्पादक |

धादिङ/गजुरी

तपाईंको न्यूज संवाददाता
धादिङको गजुरी गाउँपालिका वडा नं.५ साविक पिण्डा गाविस वडा नं.५ मा पर्ने गजुरी पिण्डा माद्यामिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ।१९८२ सालमा भाषा पाठशालाको रूपमा स्थापित धादिङ जिल्लाकै पुरानो विद्यालय गजुरी पिण्डा माविका ३० जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई राेटरी क्लब अफ धादिङ र पिण्डेश्वरी युवा क्लब द्वारा छात्रवृत्ति वितरण गरेको हो।मङ्गलबार ३० जना विद्यार्थीलाई स्कुल ड्रेस, दुई दर्जन कपि,स्कुल व्याग,सामान्य ज्ञान,डिस्नरी,कमल लगाएतको शैक्षिक सामाग्री वितरण गरेको हो।कुनै पनि बालबालिका गरिबीको कारणले शिक्षाको उज्यालो घामबाट बन्चित हुन नपराेस् भन्ने हेतुका साथ पिण्डेश्वरि युवा क्लब सङ्ग सहकार्य गरेर छात्रवृत्ति वितरण गरेको रोटरी क्लब अफ धादिङका अध्यक्ष भिम बहादुर श्रेष्ठले बताउनुभयो।

आफै पढेको विद्यालय भएको हिसाबले र यो सानो छात्रवृत्तिले विद्यालयको शैक्षिक उन्नयनम हुने हेतुका साथ छात्रवृत्ति कार्यक्रम राेटरी क्लब सङ्ग सहकार्य गरेर गरेको पिण्डेश्वरि युवा क्लब अध्यक्ष राजेन्द्र भण्डारी बताएका छन्।

गजुरी पिण्डा माविले भने छात्रवृत्ति वितरण गर्ने दुई युवा क्लबलाई सम्मान गरेको छ।विद्यालयको शैक्षिक गतिविधिलाई अझ मजबुत बनाउन सहयोग गरेकोमा सम्मान गरेको विद्यालय व्यवस्थापन समिति निवर्तमान अध्यक्ष मोहन पण्डितले बताए।

उक्त छात्रवृत्ति वितरण कार्यक्रमकै बिच स्वर्गीय उन बहादुर भण्डारीको नाममा उनका छाेरा रोहित भण्डारीले एक लाखको अक्षय कोष स्थापना गरेका छन् ।

प्रतिक्रिया