शालिन र भद्र प्रहरी नायब उपरीक्षक युवराज खड्का गजुरीबाट स-सम्मान बिदाइ

  सम्पादक |

धादिङ मङ्सिर २

धादिङको जिल्लाको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्का बुधबार गजुरीबाट स-सम्मान बिदा भएका छन् ।खड्का १३ महिने कार्यकाल सफलता पुर्वक सम्पन्न गरेर बिदाइ भएका हुन्।शालिन र भद्र DSP खड्काले १३ महिने कार्यकालमा कार्यक्षेत्रको मुहारनै परिवर्तन गरेर बिदा भएका छन् ।१३ महिने कार्यकालमा अबैध रूपमा रहेको नदि उत्खनन बन्द गरी त्रिशुलि नदिलाई कञ्चन र सफा बनाउन सफल भएका थिय।बेनिघाट रोराङ गाउँपालिका १र२ को सिमटार,जरुङ,धुषाराङ, लगाएतको विभिन्न क्षेत्रमा लगाएको अबैध गाजा खेति र अफिम नष्ट गर्न सफल भएका थिय।हाल उक्त क्षेत्रमा किसानले अन्य बालि लगाएका छन् ।

खड्काले गजुरी गाउँपालिकाको पनि विभिन्न क्षेत्रमा लगाएको अबैध गाजा खेती नष्ट गर्न सफल भएका थिय ।
DSP खड्काले गजुरी-७ का अर्जुन श्रेष्ठको दरिङ्याल खोला हत्या काण्डमा पनि सफल अनुसन्धान गरेर हत्यारा पत्ता लगाउन सफल भएका थिय।प्रहरी नायव उपरीक्षक खड्का १३ महिने कार्यकाल सफलता पुर्वक सम्पन्न गरेर जिल्ला प्रहरी कार्यालय तनहुँमा सरुवा भएका छन् ।गजुरीमा खड्काको ठाउँमा प्रहरी नायव उपरीक्षक भाबेश रिमाल आएका छन् ।

प्रतिक्रिया