धादिङ मङ्सिर २
नेपाली काङ्ग्रेस धादिङको अधिबेशन रौनक बन्दै आएको छ।१४ औ जिल्ला अधिबेशनको लागि बरिस्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिमा रामनाथ अधिकारी सहितको प्यानलनै बुधबार उम्मेदवारी घाेषणा गरेका छन्।उता सभापति शेरबहादुर देउवा पक्षले पनि निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुङ्गाना लाई सभापतिको उम्मेदवारी बनाएको छ।जिल्लाको वडा र गाउँ/नगर अधिबेशन पनि देउवा र पौडेल पक्षले समुह/समुहमा बिभाजन भएका थिय।
पौडेल पक्षका रामनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधिसभा क्षेत्रीय सभापतीमा क्षेत्र न.१ मा कुमारबहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमला रहेका छन्।प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र न १ (क) मा राजकुमार कुँवर १ (ख) मा बिष्णुप्रसाद रुपाखेती, क्षेत्र न २ (क) मा होमबहादुर गुरुङ, क्षेत्र न. २ (ख) मा हरि तामाङ रहेका छन्।
रामचन्द्र पोडेल पक्षले जिल्ला सभापति सहित आफ्नो पक्षका उम्मेदवारहरु सार्वजनिक गरे सँगै युवा नेता दिपक कोईरालाले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै आशन्न जिल्ला अधिवेशनको ब्यवस्थापन पक्ष पनि गुटगत गर्नेकुरा पार्टीका लागि घातक छ रहेको बताएका छन् ।
प्रतिक्रिया