धादिङ, १८ मसिंर
सिद्धलेकको परेवाटार कुम्पुर भञ्ज्याङ कालिदह सडक धमाधम पिच हुदै गरेको छ।
सिद्धलेक गाँउपालिकास्थित परेवाटार कुम्पुर भञ्ज्याङ कालिदह सडक खण्डको ढलान र पिच गर्ने कार्य सुरु भएको छ । स्थानीय सरकारले मुख्य सडकका रुपमा लिएको सो सडक संघीय सरकार र स्थानीय सरकारको समपुरक कोषबाट सडक पीच र ढलान सरु गरिएको हो ।
१ करोड ६ लाखको लागतमा २ सय मिटर पीच, ५ सय मिटर ढलान गरिने गाँउपालिकाका सुचना अधिकारी हरी पाटा मगरले बताउनुभयो । बाँकी भागमा ग्राभेल र नाला सुधार गरी स्तर उन्नति कार्यक्रम रहेको मगरले बताउनु भयो
ढलान, पीच र ग्राभेल गरी सडकलाई सधैँ सञ्चालन हुने अवस्थामा पुर्याउने लक्ष्य गाँउपालिकाले लिएको छ ।
प्रतिक्रिया