बाल विकास समाज, कपन काठमाण्डौ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी साथै कीर्तिपुर नगरपालिका र काठमाण्डौ महानगरपालिका वडा न. १६ को समन्वयमा “बाल संरक्षण तथा समुदायमा आधारित स्पोन्सरसिप परियोजना” विगत २ वर्षदेखि बालबालिकाको समग्र माया, संरक्षण र शसक्त बनाउने उदेश्यले संचालन भईरहेको छ ।। सोही परियोजना अन्तर्गत बालबालिकामा सिप र क्षमता अभिवृद्धिका लागि मंसिर २३ गते देखी पौष ६ गते सम्म २२ जना स्थानिय तहबाट छनौट गरी पठाईएका साथी शिक्षकहरुलाई “जीवनउपयोगी (रुपान्तरण) तथा सुरक्षात्मक (प्रोटेक्टीभ) सिप १३ दिने प्रशिक्षकहरुको प्रशिक्षण तालिम संचालन भईरहेको छ ।
१३ दिने सिपमुलक तालिम पश्चात् साथी शिक्षकहरुले आफ्नो आफ्नो स्थानीय स्तरका १२ स्थानमा बालबालिकाहरुलाई ३० भिन्न भिन्न कक्षाहरु संचालन गर्ने कुरा परियोजनाका सरक्षंण अधिकृत प्रकाश सुनुवारले बताउनु भयो ।
यस तालिमले साथी शिक्षकहरुबाट बालबालिकाहरुमा बाल अधिकार र कर्तव्यलाई बोध गराइ उनीहरुमा आत्मजागरण, आत्मरक्षा, पारिवारीक सम्मान, बालमैत्री वातावरण, यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको अभिमुखिकरण, लैङ्गिकतामा आधारित विभेदको पहिचान र संरक्षण र पोषण जस्ता विषयबस्तुको जानकारी ६ महिनाको साथी शिक्षकहरुको सहभागि भई जानकारी दिने कार्य गर्दछ भनी कार्यक्रम व्यवस्थापक प्रदिप कुमार श्रेष्ठले जानकारी गराउनु भयो । साथै यो तालिमले विगतको वर्षमा निकै प्रभावकारी भुमिका खेलेपछि अहिले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगर पालिका वडा नं १६ले समेत बजेट विनियोजन गरी यसै परियोजनासंगै थप २ स्थानमा ४ साथीहरु शिक्षकहरुलाई परिचालन गर्ने योजना बनाएको कुरा बाल बिकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदीले बताउनु भयो ।
तालिमको तेस्रो दिनमा बाल बिकास समाजको तर्फबाट तालिमको प्रभावकारीताको अनुगमन तथा मुल्यांकनमा सहभागि कार्यकारी सदस्य डा. रीता सिंह हमाल र आजीवन सदस्य ई. अशोक सिंहले पनि कार्य निकै समय सान्दर्भिक तथा प्रभावकारी बन्ने कुरामा जोड दिदै यसले हरेक समुदायमा बस्ने किशोर किशारी र बालबालिकाहरुलाई जीवन के हो ? जीवन कस्तो हुनुपर्दछ ? र कसरी सरल जीवन बन्दछ भन्ने कुराको मुल मन्त्र बन्ने कुरामा विश्वस्त रहेको कुरा १ दिने बसाईमा बुझेको कुरा जानकारी गराउनु भयो । उक्त तालिमको सहजीकरण गल्र्स किक संंस्थाको तर्फबाट निरज न्यौपाने, संगिता मर्हजन र बिद्मा बिष्टबाट भईरहेको छ ।
प्रतिक्रिया