चारवर्ष अघिदेखि निलकण्ठ नगरपालिकाका सबै वडामा संचालित स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपांगता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको सामाजिक परिक्षण गरिएको हो ।
अपांगता भएका व्यक्तिहरुलाई अधिकार स्थापित गर्न, पहुँच पुर्याउन र सहभागिता गराई उनिहरुको जिविकोपार्जनमा टेवा पुर्याउन संचालन गरिएको परियोजनाले अपांगता भएकाहरुको अधिकार संथापित गर्न पहुँच पुर्याएको सरोकारवालाहरुले बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्र्मुख दिपक विकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नीलकण्ठ नगरपालिकाका पूर्वउपप्रमुख मनराज भण्डारी, नेपाल पत्रकार महास.घ धादिङका अध्यक्ष राजाराम शर्मा, नीलकण्ठ नगरपालिका शिक्षा शाखा शेत व्यक्ति मेघनाथ कोइराला, धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमला लगायतले प्रतिवद्धता सहितको आफ्नो धारणा राख्नु भएको थियो । अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षमा सम्पन्न सामाजिक परिक्षणको पत्रकारसीताराम अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका अबसरमा ह्याण्डीक्याम इन्टरनेशनल र लक्जेम्बर सरकारको सहयोगमा अपांग कल्याण संघले संचालन गरेको कार्यक्रमले अपांगता अधिकार सुनिश्चित गर्न सुरुवात गरेकोले अब स्थानीय सरकारले स्वामित्व लिनु पर्नेमा जोड दिइएको थियो ।
सामाजिक परिक्षणका क्रममा विद्यालयमा समाबेशी शिक्षाको अवधारणामा शिक्षा हासिल गर्ने वातावरण बनाउनु पर्ने, सबै वित्तिय संस्थाहरु अपांगमैत्री नभएको अपांगमैत्री बनाउनु पर्ने, अस्पतालले सबै किसिमका अपांगता भएकाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने वातावरण बनाउनुपर्ने सुझावहरु प्राप्त भएकोले सुझावहरु कार्यान्वयन गर्न सम्बन्धीति सरोकारवालाहरुले प्रतिवद्धता व्यक्ति गरको छन् ।
अपांगता भएका परिवारलाई स्थानीय सरकारले योजना बनाएरसामाजिक सुरक्षा, जिविकोपार्जन, लगायतका क्षेत्रमा लगानी गर्न तयार भएको उपप्रमुख विकले प्रतिवद्धता व्यक्ति गर्नुभएको छ।
अपांगताको क्षेत्रको सुरक्षा र संरक्षणका लागि सरकारले काम गर्नु पर्ने भएकोले नागरिक संस्थाले वाचडगको भूमिका गर्ने र सरकारले निरन्तर काम गर्नु पर्ने अपांग कल्याणसंघका अध्यक्ष गुणराज खतिवडाले बताउँदै सामाजिक परिक्षणबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।
प्रतिक्रिया