एमालेका प्रदेशसभा उम्मेदवारहरु मतदाताको घरघरमा डा.अधिकारी ढोला, आचार्य कल्लेरीका मतदातासंग छलफल गर्दै

  सम्पादक |

धादिङ
नेकपा एमालेका धादिङका प्रदेश सभाका उम्मेदवारहरु मतदाताको घरघरमा पुग्नु भएको छ ।
नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ (क) का नेकपा एमाले उम्मेदवार डा.रामकुमार अधिकारी आइतबार ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ ढोलामा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । मतदाताले गाउँको विकासका लागि पहिले जसरी काम गर्न र समृद्धिको लागि आर्थिक उपार्जन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ ।
मतदाता भेटघाटको क्रममा उम्मेदवार डा. अधिकारीलेजनताको अधिकार र विकासका लागि निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेकपा एमालेका धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ (क) का रमेश आचार्य गल्छी गाउँपालिका वडा नम्बर १, २ र ३ को मतदाता भेटघाटमा हुनुहुन्छ। मतदाताहरुले एमालेले जनताको भावना बुझेर विकासका काम गर्न माग गरेका छन् । मतदाता भेटघाटमा घरघरपुगेर नेकपा एमालेलाई जिताउन आचार्यले आग्रह गर्नुभएको छ ।
–––

प्रतिक्रिया