सुचनाको प्रभाव:गजुरी-५ चिसापानीमा भेटिएकि वृद्धाको आफन्त सम्पर्कमा आए

  सम्पादक |

धादिङ/गजुरी

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसापानीमा भेटिएकी वृद्धाको आफन्त सम्पर्कमा आएका छन् ।

नाम ठेगाउन बताउन नसक्ने मानसिक सन्तुलन ठिक नभएकी वृद्धा विगत एक हप्तादेखी चिसापानी लगाएत आसपासमा देखिनुभएको थियो । धादिङका विभिन्न मिडियाहरुमा वृद्धा फेला परेको सूचना समाचार प्रकाशन प्रशारण भएपछि वृद्धाको आफन्त सम्पर्कमा आएको सागर मिजार,दिपक मिजार लगाएत स्थानीय युवाले जानकारी दिनुभयो।

ति वृद्धा सिद्धलेक गाउँपालिका नलाङ घर भएकोे र उहाँको बुहारी र अरु आफन्त सम्पर्कमा आएपछि बुधबार जिम्मा लगाएर पठाएको मिजारले बताउनुभयो ।

प्रतिक्रिया