गजुरीमा पुरुष हेयर कटिङ तालिम सम्पन्न गजुरी गाउँपालिकाका ब्युटिपार्लरहरुमा अब छिट्टै पुरुषले पनि कपाल काट्न पाउने

  सम्पादक |

गजुरी/धादिङ
धादिङको गजुरी गाउँपालिकाका ब्युटिपार्लरहरुमा अब छिट्टै पुरुषले पनि कपाल काट्न पाउने भएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघ गजुरीको आयोजना एवं गजुरी गाउपालिकाको सहयोगमा पुरुष हेयर कटिङ् तालिम सम्पन्न भएको छ।

गजुरी गाउँपालिकाले पार्लर सिकेर बसेका र व्यवसाय गरिरहेका १५ जना महिलालाई १८ दिने पुरुष हेयर कटिङ तालिम संचालन पश्चात महिलाले पनि पुरुषको कपाल काट्ने भएका हुन् ।

गजुरी गाउँपालिका वडा नं. २ मलेखुमा सञ्चालन भएको पुरुष हेयर कटिङ तालिम बिहिवार सम्पन्न भएको छ । तालिमको गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले एक कार्यक्रम बीच समापन गर्नुभयो ।

कपाल काट्नका लागि पुरुषहरु नै चाहिन्छ भन्ने मान्यता विपरित अब गजुरी गाउपालिकाले स्थानिय महिलाहरु लाई तालिम दिएको हो ।
गजुरी गाउँपालिकाभित्र हाल विदेसि नागरिकबाट कपाल काट्ने गरिरहेकोले गाउकै महिलाहरुले कपाल काट्ने व्यवसाय संचालन गर्ने अपेक्षा गरिएको प्रशिक्षक निरु थिङले बताउनुभयो ।

प्रतिक्रिया