धादिङकै पुरानो गजुरी पिण्डा मा.वि.का ईश्वरले ल्याए SEE मा ४ GPA, गाउँमा खुसीको लहर गजुरी पिण्डा मा.विका SEE परीक्षार्थी ईश्वर भण्डारीले ४ GPA सहित शैक्षिक उत्कृष्टता देखाउँदै बहुप्रतिभाको उदाहरण बने; पढाइ र खेलकुद दुवैमा सक्रिय यी किसानका छोराको सफलताले गाउँभरी खुसीको लहर छाएको छ।

  तपाईंको न्यूज |

१३ असार २०८२, शुक्रबार १९:०१

गजुरी (धादिङ)
गजुरी गाउँपालिका वडा नं. ५ मा रहेको गजुरी पिण्डा माध्यमिक विद्यालयका छात्र ईश्वर भण्डारीले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ४.०० GPA ल्याएर विद्यालय र गाउँकै गौरव बढाएका छन्। उनी गजुरी गाउँपालिकाभरिका विद्यार्थीहरूमा प्रथम भएका हुन्।

वि.सं. १९८२ मा भाषा पाठशालाका रूपमा स्थापना भएको गजुरी पिण्डा मा.वि. धादिङ जिल्लाकै पुरानाे विद्यालय हो।
ईश्वर भण्डारी किसान परिवारका छोरा हुन्। उनका पिता भिमसेन भण्डारी सामाजिक अगुवा तथा सोही विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा सदस्यका रूपमा काम गरिसकेका व्यक्ति हुन्। कृषिमा आधारित जीवनशैली भएका परिवारमा जन्मिएका ईश्वरको जन्म वि.सं. २०६७ सालको मङ्सिर महिनाको १६ गते भएको थियो।

गजुरी पिण्डा माविबाट यस वर्ष १५ जना विद्यार्थीले SEE परीक्षा दिएका थिए, जसमध्ये ११ जनाले ३.०० GPA भन्दा माथि ल्याएका छन्। यसले विद्यालयको नाम उच्च राखेको छ।

पढाइमा मात्र नभई ईश्वर अतिरिक्त क्रियाकलाप र विशेषगरी खेलकुदमा पनि विशेष रुचि र क्षमता भएका विद्यार्थी हुन्। खेलकुद प्रतियोगिताहरूमा उनले निरन्तर सहभागिता जनाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका थिय।

सामान्य पृष्ठभूमिबाट आएको, सरकारी विद्यालयमा पढेको र गाउँमै हुर्किएको एक किशोरको यो ऐतिहासिक सफलता गजुरी गाउँपालिकामात्र होइन,जिल्ला,सामुदायिक विद्यालय र ग्रामीण भेगका ल प्रेरणाको स्रोत बनेको छ।र अझ गाउँ,विद्यालय र परिवारको लागि गौरव बनेको छ।

प्रतिक्रिया