पक्की पुल नहुँदा स्थलगत अवलोकनमै रोकिए थपलिया, अब लामाचिरामा पुल बन्ला त?

  तपाईंको न्यूज |

१२ असार २०८२, बिहीबार ०९:४९

किराञ्चोक/धादिङ
विगतदेखि नै विकास निर्माण, सडक र पूर्वाधारका क्षेत्रमा अग्रसर रहँदै आएका एमाले नेता एवं पूर्वाधार विज्ञ ई. गजेन्द्र प्रसाद थपलिया पछिल्लो समय देशभरका परियोजनाहरूको स्थलगत अवलोकनमा सक्रिय छन्। सरकारको विकास बजेट सही ठाउँमा पुगोस् भनेर उहाँ निरन्तर रिपोर्टिङ र पैरवीमा जुटिरहनुभएको छ।

विगत एक सातादेखि थपलिया गृहजिल्ला धादिङका विभिन्न सडक,खानेपानी,पुल लगायतका परियोजनाहरूको स्थलगत निरीक्षणमा छन्। आज बिहीवार गजुरी–८ लामाचिरा–चैनपुर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न गएका थिए। यो सडकमा बजेट उहाँकै पहलमा विनियोजन भएको थियोे।

तर, दुर्भाग्यवश आजै परेको भारी वर्षाका कारण खोला बढेपछि स्थलगत निरीक्षण पुग्न सकेनन्। खोलामा पक्की पुल नहुँदा उहाँ आफैं पनि अवलोकनमा पुग्न सकेनन् र त्यहि खाेलाबाट आफ्नै फेसबुकमा लेखेका छन्:

“धादिङ गजुरी ८ लामाचिरा–चैनपुर निर्माणाधीन सडक हेर्न जाँदा खोला वाढी आएर जान सकेनौं। जहाँ हामी पुलका लागि पहल गरिरहेका छौं तर सफल भएका छैनौं।”

वर्षौंदेखि नेताहरूको चुनावी भाषणमा मात्रै सीमित रहेको यो पुल अब कार्यान्वयनतर्फ उन्मुख होस् भन्ने स्थानीय किराञ्चाेक बासिको अपेक्षा छ।धादिङबासि भन्छन् देश भरका पूर्वाधार परियोजनामा सक्रिय थपलियाका लागि धादिङ त झन् आफ्नै जन्मथलो। त्यसैले पनि धादिङको विकास योजना उहाँको विशेष प्राथमिकतामा पर्छन्।

प्रतिक्रिया