टोकियो/जापान
जापानभरि पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढ्दो छ, केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ। जापानको मौसम विभागले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी वृद्ध, बालबालिका, र बाहिरी कार्यमा व्यस्त मानिसहरूलाई गर्मीले असर गर्न सक्ने भएकाले प्रचुर पानी पिउन, सितलमा बस्न, र एयर कन्डिसन प्रयोग गर्न सुझाव दिइएको छ।
गर्मीका कारण गर्मीजन्य रोग (heatstroke) का घटना पनि बढ्न थालेका छन्। केही ठाउँमा विद्यालय समयसमेत घटाइएको छ।
प्रतिक्रिया