त्रिशूली किनारमै अन्त्येष्टि गरिँदै गर्दा चिता सहित शव बगायो नदिले

  तपाईंको न्यूज |

२४ असार २०८२, मंगलवार ०५:०१

धादिङ — बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ स्थित त्रिशूली नदीको किनारमा अन्त्येष्टि गरिँदै गरेको शव चितासहित नदीले बगाएको छ।

वडा अध्यक्ष कुमार बस्नेतका अनुसार गाउँपालिका अध्यक्ष बिबेक थपलिया ज्यूको माइजुको शव अन्त्येष्टि गर्ने क्रममा चितासहित त्रिशूली नदीमा बगिएको हो। चिता तयार पारेर आगो लगाइसकेको अवस्थामा एक्कासी बढेको नदीको बहावले चिता र शव दुवै बगाएको बताएका छन्।

प्रतिक्रिया