कस्ले मार्ला NRNA जापानको अध्यक्षको बाजी? श्रेष्ठ कि लामिछाने

  तपाईंको न्यूज |

२२ असार २०८२, आईतवार १२:५०

टोकियो/जापान
गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा दुई वर्तमान उपाध्यक्षबीच प्रत्यक्ष भिडन्त हुने भएको छ।हालका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ र सुभाष लामिछाने — दुवैजना प्रतिस्पर्धामा उत्रिँदै, चुनावी मैदानमा कसर बाँकी राख्न चाहँदैनन्।

चुनावी माहोल चुलिँदै गएको छ, अझ रोचक त के छ भने दुबै उम्मेदवारको उम्मेदवारी घाेषणा सभा एकै दिन जुलाई १२ (शनिबार) का दिन दुवैले आ–आफ्ना उम्मेदवारी घोषणा सभा राखेका छन्। श्रेष्ठको सभा Solmari Hall, शिन–ओकुबोमा दिउँसो ४ बजे हुँदैछ भने लामिछानेको सभा Bamboo Chhe’n मा दिउँसो २ देखि ४ बजेसम्म हुनेछ।

दुवै उम्मेदवारले सामाजिक सञ्जालमार्फत निमन्त्रणा सार्वजनिक गर्दै समर्थकहरूलाई सहभागी हुन आह्वान गरिरहेका छन्।समर्थकहरू पनि सामाजिक सञ्जालमा सक्रिय छन्, प्रचार सामाग्री सार्वजनिक भइरहेका छन्, अनि रणनीति र गठबन्धनका कुरा पनि चलिरहेका छन्।
उम्मेदवारी घोषणासँगै अन्य पदहरूमा पनि प्रतिस्पर्धा तीव्र बनिरहेको छ।सबैको नजर आगामी घोषणापत्र, रणनीति र समर्थन जुटाउने अभियानतर्फ केन्द्रित छ।दुवैजना अनुभवी, सक्रिय र समुदायमा स्थापित नाम — अब प्रश्न एउटै छ:
कस्ले मार्ला अध्यक्षको बाजी?
निर्णय भने नेपाली समुदायको मतदानले नै गर्नेछन्।

प्रतिक्रिया