टोकियो/जापान
जापानभर आज जुलाई ६ (आइतबार) का दिन जापानी भाषा दक्षता परीक्षा (JLPT) सञ्चालन हुँदैछ। वर्षमा दुई पटक सञ्चालन हुने यस परीक्षाको पहिलो चरण आज जापानका विभिन्न परीक्षा केन्द्रहरूमा एकैसाथ हुँदैछ।
एन(N) ५ देखि एन(N) १ स्तरसम्मका परीक्षार्थीहरू बिहानैदेखि परीक्षा केन्द्रमा उपस्थित भइरहेका छन्। JLPT जापानमै मात्र नभई विश्वभरका नेपाली विद्यार्थीहरूबीच पनि अत्यन्तै लोकप्रिय र आवश्यक मानिन्छ।
प्रतिक्रिया