काठमाडौँ, २४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गरेका छन्। हालैको भोटेकोसी नदीको बाढीले क्षेत्रका विभिन्न संरचना र जनधनमा पु¥याएको क्षतिको जानकारी लिन प्रधानमन्त्री ओली टोलीसहित घटनास्थल पुगेका हुन्।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा बासिन्दासँग क्षति, उद्धार र राहत प्रयासबारे जानकारी लिएका थिए। उनले बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य, रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह तथा नदीले बगाएका कन्टेनर लगायतको अवस्थाबारे चिन्ता व्यक्त गर्दै यथाशीघ्र राहत तथा पुनर्निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति र चारवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
प्रतिक्रिया