कृषि सम्मेलनमा सहभागी आवेदन खुल्ला

  सम्पादक |

प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्ववद्यालय (TSAN-AFU) र युथ थिङकर्स सोसाइटी – चितवन(YTS Chitwan)को सहकार्यमा देशकै पहिलो डिजिटल कृषि सम्मेलन हुने भएसँगै सम्मेलनको तयारी सुरु भइसकेको छ । जुम मिटिङ मार्फत असोज २ र ३ गते सञ्चालन गरिने उक्त सम्मेलनमा देश तथा विदेशबाट विद्यार्थीहरूको सहभागीता रहने बताइएको छ । आयोजकले यस सम्मेलनको लक्ष्य विद्यार्थी एवम् युवावर्गलाई एउटै छानामा ल्याई विशेषगरी प्रविधि र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सञ्चालन हुने बताएको छ ।

सम्मेलन सफल बन्न युवा, प्राविधिक र किसानको सहभागिता हुन जरुरी छ । त्यसैले, कृषि सम्मेलनमा देश तथा विदेशका जुन कुनै कुनाबाट पनि सहभागिता जनाउन सकिने गरी सहभागी आवेदनको फारम खुलिसकेको कुरा आयोजकले बताएका छन् । त्यस्तै, सम्मेलन सम्बन्धित सूचना देशका सम्पूर्ण कृषि विद्यार्थी, युवा तथा कृषि प्रेमीहरू समक्ष पुगोस्, सम्मेलनको प्रचार व्यापीकरण होस् भनेर देशभरिका विभिन्न विश्वविद्यालय र क्याम्पसहरुबाट नेतृत्व गर्न प्रतिनिधिहरूको छनोट भइसकेको कुरा हामी समक्ष व्यक्त भयो ।उक्त कृषि सम्मेलनमा पाँच वटा विश्वविद्यालयका चौबीसवटा क्याम्पसको प्रतिनिधित्व गर्दै २७ जना विद्यार्थीहरू सहभागी हुनेछन् । उक्त प्रतिनिधिहरूले यस सम्मेलनमा देश भरिका विद्यार्थीहरूको उपस्थिति र सम्मेलनबाट निस्कने ज्ञानको विस्तारमा टेवा पुर्याउने विश्वास लिएको आयोजकले बताएका छन् । आयोजकका अनुसार प्रतिनिधिका रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज(CNRM)- पुरञ्चौरबाट सृजना अधिकारी र रोशन घिमिरे छनोट भएका छन्। त्यस्तै,CNRM सिन्धुलीबाट सन्देश सापकोटा; CNRM पाख्रीबास, धनकुटाबाट अर्जुन दाहाल; CNRM टीकापुर, कैलालीबाट विनोद राज भट्ट; CNRM खजुरा, बाँकेबाट जोनास बाडू; CNRM माडीचौर, रोल्पाबाट प्रतिमा भण्डारी र सुनिल ढुङ्गाना र कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत नै प्राकृतिक श्रोत व्यवस्थापन कलेज दुल्लु, दैलेखबाट पवन सापकोटाले प्रतिनिधित्व गर्ने भएका छन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान(IAAS), पक्लिहवा क्याम्पसबाट हरि पोख्रेल; गोकुलेश्वर क्याम्पस, बैतडीबाट प्रकाश शाह; रामपुर क्याम्पस खैरहनी चितवनबाट सत्य प्रसाद भट्टराईले नेतृत्व गर्नेछन् । काठमाडौं युनिभर्सिटी स्कूल अफ साइन्सबाट खुस्बु राउत र प्रविन कुमार महतोले सम्मेलनमा प्रतिनिधित्व गर्नेछन् । यस्तै सुदूर पश्चिम विश्वविद्यालय कृषि संकायबाट शिल्पा थापा र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नेपाल पोलिटेक्निक इन्स्टिच्युट(NPI),चितवनबाट सुबोध पौडेल; जी.पी. कोइराला कलेज, मोरङबाट अनिश सुवेदी र सुस्मिता भट्टराई; हिमालयन कलेज(HICAST), काठमाडौंबाट युरिशा उप्रेती रहेका छ्न् । महेन्द्र रत्न बहुमुखी क्यम्पस, ईलामबाट एलिजा घिमिरे र ईन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस, धरानबाट कपिल रेग्मी छन् भने कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्बद्ध प्राप्त निजी कलेजहरू भ्याली कृषि क्यम्पस, ललितपुरबाट सदीक्षा चौलागाईं; रामनगर प्राविधिक तथा व्यवस्थापन कलेज, नवलपरासीबाट नारायण देवकोटा; गोर्खा पोलिटेक्निक कलेज र अनुसन्धान केन्द्र, बाँकेबाट विष्णु प्रसाद आचार्य; जीविका कलेजबाट विद्या लक्ष्मी शाह र ब्राइट मध्य पश्चिम कृषि तथा वन विज्ञान क्याम्पस, सुर्खेतबाट पुष्पा जी.सी.ले प्रतिनिधित्व गर्ने भएका छन् ।

यस सम्मेलनले नवीन डिजिटल कृषि प्रविधि र आविष्कारका बारेमा किसानहरूलाई अवगत गराउनका साथै युवाहरूलाई डिजिटल पद्धतिको प्रयोग गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने विश्वास लिएको छ । उक्त सम्मेलनमा कृषी मन्त्रालयका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, अन्य चिर परिचित कृषि विज्ञहरु लगाएत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि बैज्ञानिक, खोजकर्ता तथा विद्यार्थीहरुको अनुसन्धान प्रस्तुति तथा उपस्थिति रहने छ । त्यस्तै दुई दिन चल्ने त्यस सम्मेलनमा आधुनिक कृषि तथा प्रविधि सम्बन्धि विविध विषयमा छलफल तथा विचार विमर्श गरिने आयोजकले सुचना दिएको छ । सम्मेलनमा नेतृत्व छनोट सँगै उक्त कार्यक्रममा सहभागी बन्नका लागि रजिष्ट्रेसन फारम पनि खुलिसकेको कुरा आयोजकले हामीलाई बताउँदै उक्त सम्मेलनलाई सफल बनाउँन र कृषि र प्रविधिको बारेमा जान्नका लागि तल राखिएको फारम भर्न पनि अपील गरेका छन्।
https://2hac.page.link/c2
#AgriConference2021

प्रतिक्रिया