धादिङमा ५ विधामा फोटो प्रतियोगिता हुने

  सम्पादक |

धादिङ। फोटो पत्रकार संघ धादिङले आगामी आसोज ११ गते पर्यटन दिवसको अवसरमा जिल्ला स्तरीय फोटो प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितमा सहभागि सबै फोटोहरु पुरस्कार वितरण कार्यक्रममा प्रदर्शनमा राखिने छ । १८२ औं अन्तराष्ट्रिय फोटोग्राफी दिवस अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपालको शाखाको रुपमा रहेको फोटो पत्रकार संघ धादिङले आज विहिवार देखि असोज ३ गते सम्म फोटो पठाउन सकिने गरि जिल्ला स्तरीय फोटो प्रतियोगिता असोज ११ गते गर्न लागेको हो ।

पहिलो जिल्ला स्तरीय प्रतियोगिता भव्य रुपमा ०७५ साल असोज ११ गते विश्व पर्यटन दिवसको दिन सम्पन्न गरि सकेको छ र यो पनि असोज ११ गते नै गर्न लागिएको अध्यक्ष मनिश दुवाडीले बताए ।

अवार्डका विधाहरु
१. डेली लाइफ
२. कला संस्कृति, धर्म
३. पर्यटन
४. महिला तथा बालबालिका
५. आर्थिक

प्रतियोगीतामा सहभागीताका लागि नियमहरु :
१. फोटो धादिङ जिल्लाभित्र खिचिएको हुनुपर्नेछ । फोटो खिच्ने व्यक्ति जिल्ला बाहिरको भएपनि मान्य हुनेछ । फोटो जुनसुकै समयमा खिचेको भएपनि प्रतियोगीताको लागि योग्य हुनेछ । फोटो पठाउदा क्याप्सन अनिवार्य खुलाउनु पर्नेछ ।
२. प्रतियोगितामा सहभागी गराईने फोटो स्वंयम व्यक्तिले खिचेको हुनुपर्ने छ । अन्यथा फोटो चोरी भएको दावी विरोध आएमा र दोषी ठहरिएमा कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाईने छ ।
३. यसअघिका अन्य प्रतियोगीताहरुमा विजयी भएका फोटोहरु पठाउन पाइने छैन ।
४. मोबाइल वा क्यामरा दुवैले खिचेको फोटो प्रतियोगीतामा पठाउन पाइनेछ । फोटो न्युनतम १ एमबि सम्मको र जेपिजे फरम्याटमा हुनुपर्ने छ । सेल्फी फोटो स्वत रद्द हुनेछ ।
५. प्रतियोगीताका लागि फोटो असोज ३ गतेसम्म पठाउनु पर्नेछ । फोटो पठाउदाँ कुन विधाको लागि पठाइएको हो, विधा उल्लेख अनिवार्य गर्नुपर्नेछ ।
६. फोटो अनावश्यक रुपमा सम्पादन गरिएको पाइएमा मान्य हुने छैन ।
७. एक सहभागीेले प्रत्येक विधामा एउटा मात्रै फोटो पठाउन पाइनेछ । बढी पठाएमा स्वत रद्द हुनेछ ।
८. धादिङ जिल्ला भित्र खिचिएका तर धादिङ बाहिरका फोटोग्राफरहरुले समेत प्रतियोगितामा भाग लिन पाइनेछ ।

फोटो मुल्याङ्कन विधि
१. आवेदन दिई तोकिएको मापदण्ड पुरा गरेका हरेक फोटोलाई कोडिङ फोल्डरमा राखिने छ ।
२. राष्ट्रिय रुपमा चर्चित फोटोग्राफर प्रशिक्षक ३ जनालाई उक्त व्यक्तिको नाम नलेखिएको कोडिङ् फोल्डरको फोटो स्कोरिङ गर्न दिईने छ ।
३. प्रत्येक फोटोको पुुर्णाङ्क १०० रहने छ ।
४. आवेदनमा सहभागी तर मापदण्ड भित्र नपरेका फोटोहरुलाई प्रतियोगितामा सहभागी गराईने छैन ।
५. स्कोरको आधारमा हरेक विधामा उत्कृष्ट भएको एउटा फोटोलाई पुरस्कृत गरिनेछ ।
६. फोटो मुल्याङ्कन गर्दा कृषि, पर्यटन, कला सहित्य, संस्कृति, र जिल्लाका ऐतिहासकि महत्व बोकेका दृष्यहरुलाई बढी प्राथमिकता दिईने छ ।

पुरस्कार सम्बन्धी मापदण्ड
१. प्रत्येक विधाका विजेतालाई नगद २०,०००/– (बीस हजार) सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
२. प्रतियोगीतमा कुनै विवाद उत्पन्न भएमा निर्णायकको निर्णय नै अन्तिम हुनेछ ।

प्रतियोगीताका लागि निम्न इमेल ठेगानामा फोटो पठाउनुपर्नेछ ।
nfpjdhading@gmail.com
manish.dhading@gmail.com
stha.news@gmail.com
धादिङ पोष्ट डटकमबाट

प्रतिक्रिया