नेपाल पत्रकार महासंघ वागमतीको दोस्रो प्रादेशिक भेला २०८२ द्वारा जारी गरिएको हेटौँडा घोषणापत्र

  तपाईंको न्यूज |

१४ जेष्ठ २०८२, बुधबार ०७:५५

नेपाल पत्रकार महासंघ
बागमती प्रदेश समिति, हेटौँडा मकवानपुर
दोस्रो प्रादेशिक भेला २०८२ द्वारा जारी गरिएको हेटौँडा घोषणापत्र
मिति:२०८२ जेठ १३ र १४ गते
पत्रकारीता नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकसँग जोडिएको विषय हो । प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामा नै राखिएको छ । सूचनाको हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको छ । पत्रकारीता लोकतन्त्रको अभिन्न अंग हो तर पछिल्लो समय पत्रकारिता क्षेत्र आर्थिक, भौतिक र नैतिक रुपमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारीता आर्थिक रुपमा अत्यधिक संकटमा परेको छ । श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवि पत्रकारहरुले न्युनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुग्नु, पत्रकारहरुको जीवनको सुरक्षा नहुनुले पछिल्लो समय पत्रकारीता पेशा नै संकट उन्मुख बन्दै गएको संकेत गरेको छ । पत्रकार माथिको असुरक्षा दिन दिनै बढ्दै छ।

पत्रकारको आर्थिक, भौतिक र सामाजिक सुरक्षा हुन नसक्दा पत्रकारीता क्षेत्र व्यवसायिक बन्न सक्ने अवस्थामा छैन । पत्रकारहरुले सामाजिक सुरक्षा, स्वास्थ्य विमा, विदा, नियुक्तिपत्र जस्ता रोजगारीका न्युनतम आधारहरु समेत पाउन सकेका छैनन । पेशालाई सुरक्षित, मर्यादित बनाउन र लोकतन्त्रको खम्बाका रुपमा सञ्चार क्षेत्रलाई विकास गर्न चुनौतीहरु रहेका छन । स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि तीनै तहका सरकारको ध्यान पुग्न सकेको छैन । सञ्चारमैत्री कानुन, सञ्चारसँग सम्बन्धित नीति निर्माण तथा बजेट विनियोजनमा तीनै तहका सरकारहरुले चासो दिएका छैनन ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले २०८२ जेठ १३ र १४ गते हेटौडामा आयोजना गरेको बागमती प्रदेशका १३ जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरु, सदस्यहरु, बागमती प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, प्रदेश स्तरका पत्रकारका पेसागत संगठनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थ्तििमा भएको भेलाले वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर १३ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको छ ।

१. संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहन यो भेला प्रतिवद्ध छ ।
२. पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ ।
३.तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न यो भेला जोडदार माग गर्दछ।
४.श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लागायतका सामाजिक सुरक्षका कार्यक्रममा समेट्न यो भेला सम्वद्ध पक्षसँग जोडदार माग गर्दछ ।
५. स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ ।
६. बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
७. सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न यो भेला माग गर्दछ ।
८. बागमती प्रदेश स्तरमा प्रशिक्षण केन्द्र र जिल्ला स्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न यो भेला जोडदार माग गर्दछ ।
९. सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै खाले संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन यो भेला सरकारसँग माग गर्दछ ।
१०. बागमती प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन यो भेला माग गर्दछ ।
११. महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई र महिला र अपांगता तयार गर्ने
बिमला पाण्डे—संयोजक
श्याम प्रसाद खतिवडा
सिताराम अधिकारी
विशेष सहयोग:केन्द्रीय सदस्य नवराज पथिक
(नेपाल पत्रकार महासंघ वागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगरले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभएको घाेषणा पत्र यहाँ सार्वजनिक गरिएको हो)सम्पादक

प्रतिक्रिया