धादिङ/फोटो पत्रकार संघ धादिङ समग्र फोटो पत्रकारको साझा संस्था हो । संस्थाले यसअघि फोटो अवार्ड र फोटोग्राफी तालिम संचालन गरिसकेको छ । आगामी २०७८ असोज ११ गते विश्व पर्यटन दिवसको दिन फोटो प्रतियोगीता (अवार्ड) को आयोजना गर्न लागेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । विभिन्न ५ वटा विधामा नगद पुरस्कार सहित, ट्रफी, प्रमाणपत्र प्रदान गर्न लागेका छौं । यो कार्यक्रमलाई हामीले निरन्तरता दिने उदेश्यका साथ दोस्रो संस्करण कार्यक्रम लिएर यहाँहरुको विच आएका हौं ।
अवार्डका विधाहरु
१. डेली लाइफ
२. कला संस्कृति, धर्म
३. पर्यटन
४. महिला तथा बालबालिका
५. आर्थिक
प्रतियोगीतामा सहभागीताका लागि नियमहरु :
१. फोटो धादिङ जिल्लाभित्र खिचिएको हुनुपर्नेछ । फोटो खिच्ने व्यक्ति जिल्ला बाहिरको भएपनि मान्य हुनेछ । फोटो जुनसुकै समयमा खिचेको भएपनि प्रतियोगीताको लागि योग्य हुनेछ । फोटो पठाउदा क्याप्सन अनिवार्य खुलाउनु पर्नेछ ।
२. प्रतियोगितामा सहभागी गराईने फोटो स्वंयम व्यक्तिले खिचेको हुनुपर्ने छ । अन्यथा फोटो चोरी भएको दावी विरोध आएमा र दोषी ठहरिएमा कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाईने छ ।
३. यसअघिका अन्य प्रतियोगीताहरुमा विजयी भएका फोटोहरु पठाउन पाइने छैन ।
४. मोबाइल वा क्यामरा दुवैले खिचेको फोटो प्रतियोगीतामा पठाउन पाइनेछ । फोटो न्युनतम १ एमबि सम्मको र जेपिजे फरम्याटमा हुनुपर्ने छ । सेल्फी फोटो स्वत रद्द हुनेछ ।
५. प्रतियोगीताका लागि फोटो असोज ३ गतेसम्म पठाउनु पर्नेछ । फोटो पठाउदाँ कुन विधाको लागि पठाइएको हो, विधा उल्लेख अनिवार्य गर्नुपर्नेछ ।
६. फोटो अनावश्यक रुपमा सम्पादन गरिएको पाइएमा मान्य हुने छैन ।
७. एक सहभागीेले प्रत्येक विधामा एउटा मात्रै फोटो पठाउन पाइनेछ । बढी पठाएमा स्वत रद्द हुनेछ ।
८. धादिङ जिल्ला भित्र खिचिएका तर धादिङ बाहिरका फोटोग्राफरहरुले समेत प्रतियोगितामा भाग लिन पाइनेछ ।
फोटो मुल्याङ्कन विधि
१. आवेदन दिई तोकिएको मापदण्ड पुरा गरेका हरेक फोटोलाई कोडिङ फोल्डरमा राखिने छ ।
२. राष्ट्रिय रुपमा चर्चित फोटोग्राफर प्रशिक्षक ३ जनालाई उक्त व्यक्तिको नाम नलेखिएको कोडिङ् फोल्डरको फोटो स्कोरिङ गर्न दिईने छ ।
३. प्रत्येक फोटोको पुुर्णाङ्क १०० रहने छ ।
४. आवेदनमा सहभागी तर मापदण्ड भित्र नपरेका फोटोहरुलाई प्रतियोगितामा सहभागी गराईने छैन ।
५. स्कोरको आधारमा हरेक विधामा उत्कृष्ट भएको एउटा फोटोलाई पुरस्कृत गरिनेछ । ।
६. फोटो मुल्याङ्कन गर्दा कृषि, पर्यटन, कला सहित्य, संस्कृति, र जिल्लाका ऐतिहासकि महत्व बोकेका दृष्यहरुलाई बढी प्राथमिकता दिईने छ ।
पुरस्कार सम्बन्धी मापदण्ड
१. प्रत्येक विधाका विजेतालाई नगद २०,०००/– (बीस हजार) सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
२. प्रतियोगीतमा कुनै विवाद उत्पन्न भएमा निर्णायकको निर्णय नै अन्तिम हुनेछ ।
प्रतियोगीताका लागि निम्न इमेल ठेगानामा फोटो पठाउनुपर्नेछ ।
nfpjdhading@gmail.com,
manish.dhading@gmail.com,
stha.news@gmail.com
थप जानकारीको लागि सम्पर्क
मनिष दुवाडी, अध्यक्ष मोबाइल नम्बर : ९८५११६०६३७
सरिता श्रेष्ठ, सचिव मोबाइल नम्बर : ९८५११३०१७७
आयोजक
फोटो पत्रकार संघ धादिङ
प्रतिक्रिया