धुनीबेशीका ९५ जना माओवादी कार्यकर्ता एमालेमा प्रवेश भुमि त्रिपाठिद्वारा स्वागत

  सम्पादक |

धुनिबेशि/धादिङ
धादिङको धुनीबेशी नगरपालिकामा वाई.सि.यल धादिङका पूर्व जिल्ला उपाध्यक्ष रुपक परियारसहित ९५ जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमाले धुनीबेशी नगर संगठन कमिटीद्धारा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा वाई.सि.यल धादिङका पूर्व जिल्ला उपाध्यक्ष परियार र वाई.सि.यल धुनीबेशी–८ का अध्यक्ष सुरेन्द्र परियार सहित धुनीबेशी नगरपालिका–८ का ९५ भन्दा बढी माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। 

नेकपा एमाले धुनीबेशी नगर संगठन कमिटीका संयोजक रामराजा पाण्डे र कार्यक्रमका प्रमुख अतिथि एमाले धादिङका जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीले टीका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको धुनीबेशीबाट युवा संघका संयोजक सुनिल तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया