गजुरी/धादिङ
प्रयत्नशिल सामुदायिक विकास समाज प्रयास नेपाल धादिङले गजुरीमा मनोसामाजिक परामर्श तालिम शनिबार देखि सुरु गरेको छ।प्रयास नेपाल धादिङको आयोजना,प्लानेट इन्फान्ट डेभलपमेन्टको साझेदारीमा र गजुरी गाउँपालिकाको समन्वयमा गजुरी गाउँपालिका भित्रका २१ वटा विद्यालयका २१ जना बाल बिकास सहजकर्तालाई हिजो देखि तीन दिने तालिम सुरु गरेको हो।प्रयास नेपाल धादिङका नवराज लामिछानेका अनुसार एकै पटक ठुलो संख्यामा अलि बुझाउन नसकिने भएकोले दुई पटक गरेर तालिम दिईएको हो। यस भन्दा अघि गजुरीकै २२ जना बाल बिकास सहजकर्तालाई तालिम दिई सकेको छ।बालबालिकाको सामान्य अवस्थामा मानसिक अवस्था पहिचान गरि समस्या समाधान गर्न सहयोग पुर्याउने उदेश्यका साथ तालिम सुरु गरेको प्रयास नेपाल धादिङले जनाएको छ।सहजकर्ता मनोसामाजिक परामर्शदाता भक्त बहादुर रसाइली सहजिकरण गरेका छन्।तालिम भोलि सोमबार सम्पन्न हुनेछ।
प्रतिक्रिया