SEE मा ४ GPA ल्याउने गजुरीका ईश्वर र सविनालाई गाउँपालिका अध्यक्ष श्रेष्ठले गरे सम्मान
गजुरी गाउँपालिकामा जन्मिएर माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४.० GPA हासिल गर्ने दुई विद्यार्थीलाई गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठले एक कार्यक्रमको बीच बधाई दिदै सम्मान गरेका छन्। गजुरी–५ स्थित गजुरी पिण्डा माविका विद्यार्थी ईश्वर भण्डारी र गजुरी–१ निवासी, हाल काठमाडौँको विशालनगर बस्ने सविना चेपाङले उत्कृष्ट नतिजा ल्याएका हुन्।सविना चेपाङ समुदायबाट ४ GPA ल्याउँने पहिलो व्यक्ति हुन्। अध्यक्ष श्रेष्ठले दुवै विद्यार्थीलाई दायाँबायाँ राखेर फोटो खिच्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष श्रेष्ठद्वारा फेसबुकमा सार्वजनिक गरिएको स्टाटस:
गजुरी गाउँपालिका का होनहार विद्यार्थी ईश्वर भण्डारी र सबिना प्रजाले SEE परीक्षामा ४.० GPA हासिल गरी सम्पूर्ण गजुरीबासीको शिर गर्वले उचो बनाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।तपाईंहरूको लगनशीलता, मेहनत र समर्पणले शिक्षा क्षेत्रमै मात्र होइन, सम्पूर्ण गजुरी गाउँपालिकालाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक सफलता हासिल गर्दै देश र समाजको हितमा योगदान पुर्याउनुहोस् भन्ने कामना गर्दछु।
प्रतिक्रिया