जापानमा NRNA चुनावी सरगर्मी तीव्र, अध्यक्षमा श्रेष्ठ र लामिछानेबीच प्रतिस्पर्धा

  तपाईंको न्यूज |

२२ असार २०८२, आईतवार ०२:४०

टोकियो/जापान
गैरआवासीय नेपाली संघ (NRNA) जापानको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ र सुभाष लामिछानेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

दुबै पक्षले आफ्नो पक्षधरताको प्रदर्शनसहित उम्मेदवारी घोषणा सभा एकैदिन आयोजना गर्ने तयारी गरेका छन्। चुनावी सरगर्मी बढेसँगै अन्य पदहरूमा पनि धमाधम उम्मेदवारी घोषणा भइरहेको छ।

NRNA जापानमा यसपटकको निर्वाचनले निकै चासो र उत्सुकता बोकेको देखिएको छ, किनभने अध्यक्षीय प्रतिस्पर्धा सशक्त रूपमा दुई धारमा विभाजित हुँदै गएको छ।

प्रतिक्रिया