ह्वासिन सिमेन्ट उद्योग द्वारा पिपल भञ्ज्याङ माविलाई ३ लाख र प्रजा आबिलाई १ लाख सहयोग

  सम्पादक |

धादिङको बेनिघाट राेराङ गाउँपालिका वडा नं. २ ताल्तीमा सञ्चालन भैरहेकाे ह्वासिन सिमेन्ट उद्योगले आज दुई विद्यालयलाई आर्थिक सहयोग गरेको छ । कम्पनीका महानिर्देशक स्याङ् च्याङजाेङ र उपमहानिर्देशक डिल्लीराज पाेख्रेलले विद्यालयका प्रधानध्यापकलाई चेक हस्तान्तरण गरेका हुन। श्री पिपल भञ्ज्याङ मा.वि.लाई तीन लाख र प्रजा आधारभुत विद्यालयलाइ एक लाखकाे चेक हस्तान्तरण गरिएकाे हाे । आर्थिक अभावले दुबै विद्यालयले शिक्षकलाइ तलब दिन समस्या झेलिरहेका थिए।कम्पनीले स्थानिय विद्यालयलाई बिगत चार वर्षदेखि निरन्तर सहयाेग गर्दै आइरहेको छ । यश अघि कम्पनीले स्थानीय प्रहरी चाैकि निर्माण तथा स्वास्थ्य चाैकिलाई पनि सहयाेग गरेकाे थियाे । कम्पनीले स्थानीय ६० घर परिवारलाई निशुल्क विद्युत प्रदान गर्दै आएको छ । कम्पनीमा स्थानीय २८५ जनाले प्रत्यक्ष राेजगारी पाएका छन भने १००० जना भन्दाबढी विभिन्न अवसर प्राप्त गरेका छन । कुनै समय विधुत, सडक र सञ्चारकाे समस्या रहेकाे यस ताल्तीले कम्पनी स्थापना पछि भने मुहार फेर्दै गएकाे छ ।

प्रतिक्रिया