रूखमा अडिएको जीवन : त्रिशूलीको बाढीबाट नेपाली सेनाद्वारा दम्पतीको साहसिक उद्धार

  तपाईंको न्यूज |

२४ असार २०८२, मंगलवार १४:३४

नुवाकोट, २४ असार
नुवाकोटको विदुर नगरपालिका–१ मा बाढीमा फसेका एक दम्पतीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।

६६ वर्षीय पाल्देन तामाङ र उनकी पत्नी मङ्गली तामाङ ल्हेन्देखोला र केरुङखोलाबाट आएको भीषण बाढीका कारण त्रिशूली नदीमा सतह एक्कासि बढेपछि ज्यान जोगाउन रूख चढेर बसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो। जोखिमपूर्ण अवस्थामा रूखमा अडिएका दम्पतीलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

स्थानीयवासीले नेपाली सेनाको तिव्र र प्रभावकारी उद्धार प्रयासको प्रशंसा गरेका छन्।

प्रतिक्रिया